अध्यागमन देशको मुहार हो, सुधारका योजना ल्याउनुहोस : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन्। काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरीसेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरुलाई निर्देशन दिए। ‘विदेशीका लागि अध्यागमन देशको मुहार हो। मुहार नराम्रो हुँदा देशप्रति…