इलाम–२ को मतगणना ११ बजेबाट

इलाम–२ को मतगणना ११ बजेबाट


काठमाडौं ।

इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ। आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो।

२६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (बैशाख १५) उपनिर्वाचन भएको थियो ।मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजबाट सुरू हुँदै छ।

मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।