टी–२० मैत्रिपूर्ण श्रृङ्खला : वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल

टी–२० मैत्रिपूर्ण श्रृङ्खला : वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल


काठमाडौं ।

नेपालले आज टी–२० श्रृङ्खला अन्र्तगतको दोस्रो खेल वेस्टइन्डिज ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर २ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो। जसका लागि कप्तान रोहित पौडेलले उम्दा पारि खेले। ५४ बलको सामना गरेका पौडेलले ११२ रनको योगदान गरेका थिए भने अन्य व्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्।

पहिलो खेलमा बलियो मानिएको टोलीलाई पराजित गरेसँगै नेपाली टोलीकोमनोबल उच्च देखिन्छ। आज नेपालविरुद्ध पहिलो जितको खोजिमा वेस्टइन्डिज ‘ए’ टोली मैदान प्रवेश गर्दा घरेलु टोली दोस्रो जितकोलागि उत्साहित देखिन्छ।

ट्वान्टी–२०विश्वकपको तयारीका लागि आयोजित योतेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ।