इलाम २ मा आज ७ बजेबाट मतगणना सुरु हुने

इलाम २ मा आज ७ बजेबाट मतगणना सुरु हुने


काठमाडौँ ।

इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ। शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ। मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो। यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन्।