काठमाडौं । ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ। प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घन्टौ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका…