माओवादीको प्रवासी संस्था नेपाली जन प्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चुनिए

माओवादीको प्रवासी संस्था नेपाली जन प्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चुनिए


क्यानबेरा, अष्ट्रेलिया ।

नेकपा माओवादी केन्द्रको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन्। शनिबार क्यानबेरामा भएको मञ्चको छैटौँ अधिवेशनले पाण्डेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा बाबु गौतम, गौतम लामिछाने, राजन नेपाल, आविष्कार पाण्डे, महासचिवमा प्रतीक पोखरेल, सचिवमा खिम भण्डारी, मायाप्रसाद सुवाल, अशोक ढुंगेल, कोषाध्यक्ष सुमन न्यौपाने र सहकोषाध्यक्षमा सन्तोष कँडेल चयन भएका छन्।

सदस्यहरुमा कलम खड्का, आयुषी अधिकारी, सुदीप शर्मा, अनिष ढकाल, अनिल बिक, सुमन दाहाल, अशोक ढकाल, रामचन्द्र भट्टराई, प्रदीप राई, मनिष खनाल, तिलकप्रसाद उपाध्याय, जगदीश देवकोटा, श्याम पौडेल, कौशल उप्रेती, धर्मराज अधिकारी, जीवलाल न्यौपाने, रमेश बेल्वासे, अर्जुन पौडेल, गणेश श्रेष्ठ रहेको नवनिर्वाचित अध्यक्ष पाण्डेले केविसीखबरलाई जानकारी दिए।

अष्ट्रेलियाका विभिन्न ७ राज्यमा अधिवेशन सकाएर महाधिवेशन गरिएको हो। अनलाईन र प्रत्यक्ष भेला भई हाईब्रिड मोडलमा सञ्चालित अधिवेशनको माओवादी केन्द्र प्रवास इन्चार्ज राम कार्कीले उद्घाटन गरेका थिए। उक्त अवसरमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताल, प्रवास समन्वय समितिका सचिव टीपी पाठक, ओसियाना कमिटीका संयोजक शेषमणि शेर्मा र सुनिता रेग्मीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिएका थिए । यसअघि मञ्चको अध्यक्षमा प्रविण कँडेल थिए।