इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो। इतिहासकार नेपालका भाइ एकमणि नेपालले दिएको जानकारी अनुसार उनको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ। इतिहासकार नेपालका दुई छोरा छन्। नेपाललाई…