चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु

चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु


काठमाडौं ।

वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन मकवानपुरको चित्लाङबाट सुरु भएको छ। शुक्रबार बिहान चित्लाङमा रहेको भैरव मन्दिरमा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो।

निर्देशक निरौलाका अनुसार एक महिनासम्म छायाङ्कन गरिने फिल्म चित्लाङमा २० दिन खिचिनेछ भने बाँकी दृश्य सौराहा र इलाममा खिचिनेछ । उनले समयसामयिक कथामा कमेडी जनरामा फिल्म निर्माण हुने बताए।

फिल्ममा जीतु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ।

रेडआइ फिल्मस्को प्रस्तुतीमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सबिन अधिकारीका कथा र शंकर धितालको पटकथा तथा संवाद छ। फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ। फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ।