आइसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

आइसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य


काठमाडौं ।

आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ। डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो। पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए। उनले पाँच चौका प्रहार गरे।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए। उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए। नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए। यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो।

तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए। उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे। १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो। निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरे ।

अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए। तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो। क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो।

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए। यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो। श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले। अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए।