काठमाडौं ।
आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो।
श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रनको नटआउट पारि खेल्दा कप्तान वानेन्दू हसरंगाले २६ रन जोडे।
त्यसैगरी पथुम निसनकाले २२ रन बनाउँदा दासुन सनकाले २३ रन बनाए । यसैगरी सदिरा समरविक्रमा र कुसल मेन्डिसले १३–१३ रन जोडेका थिए। आयरल्याण्डका जोस लिटल र बेरी म्याकार्थीले दुई दुई विकेट लिए।
जवाफमा मध्यम सुरुआत गरेको आयरल्याण्डले जित भने निकाल्न सकेन। आयरल्याण्डका लागि कर्टिस कामफरले २६ रन बनाउँदा कप्तान पौल स्र्टलिङले २१ रन जोडे।
त्यसैगरी जर्ज डर्केलले १७ रन बनाउँदा एन्डी बालवर्नीले १६ रन बनाएका थिए। हेरि टेक्टरले १३ तथा लोरकन टकरले ११ रन बनाए। आयरल्याण्डलाई रोक्ने क्रममा श्रीलंकाका दसुन सनकाले ३।२ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिँदा महिसा तिक्षणा र वानेन्दू हसरंगाले दुई दुई विकेट लिए।
टी २० विश्वकप आइतबारदेखि सुरुहुँदै छ। श्रीलंका समूह डीमा रहेको छ भने आयरल्याण्ड समूह एमा रहेको छ। यस्तै, अर्को अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई ५५ रनले पराजित गरेको छ।
प्रतिक्रिया