काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार बजेट पारित भैसकेपछि अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, पुनले नै ‘आर्थिक विधेयक, २०८१ माथि…