कोपा अमेरिका : फाइनलमा कोलोम्बिया र अर्जेन्टिनाबीच प्रतिस्पर्धा

कोपा अमेरिका : फाइनलमा कोलोम्बिया र अर्जेन्टिनाबीच प्रतिस्पर्धा


काठमाडौँ ।

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलोम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ। खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलोम्बियालाई अग्रता दिलाएका थिए ।

खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलोम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलको विजेता कोलोम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा क्यानडलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।