‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलित आयोगको आव्हान

काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली फिल्म ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छन्। आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने बताएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा फिल्म सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ ।…