गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ‘ट्रान्सवुमन लुक्स’

गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ‘ट्रान्सवुमन लुक्स’


काठमाडौँ ।

अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र गुन्यो चोलो – कमिङ अफ अ्याज अफ अ गर्लु उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात् अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ।

बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिरको लुक्सले नै चलचित्रको कथावस्तु बोल्छ।

सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रका लागी कडा मेहेनत गरेका छन्। नाजिरले ‘गुन्यो चोलो’ उर्फ ‘गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन्। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा कहीँ कतै चोटको निशान छ।

उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै शृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाइ थप्नेमा भट्ट विश्वस्त छिन।

अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्टु र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ।

चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम जस्तै एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् ।

नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना र विजय बस्यालको प्रोड्क्सन डिजाईन रहेको छ । चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा छन् भने राम भण्डारी चलचित्रका क्रिएटिभ हेड हुन ।