काठमाडौँ– तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत दिने भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो। तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। तीनकुनेमा यही चैत १५…