प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा जवाफ दिने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा जवाफ दिने


काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । सोमबार बिहान ११ बजेका लागि संसद्‌को बैठक बोलाइएको छ ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई जवाफ दिने कार्यक्रम निर्धारण गरिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ मागी लगातार संसद्‌मा अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमबारे पनि सम्बोधन गर्ने मुख्य सचेतक बर्तौलाले बताए ।

आजको बैठकमै महत्त्वपूर्ण ५ वटा प्रतिस्थापन विधयेक छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।