काठमाडौं । पत्रकार सुरेश रजकको मृत्यु गोलीका कारण नभई आगलागीकै कारण भएको चिकित्सक रिपोर्टमा देखिएको छ । पोस्टमार्टममा ‘मृत्युपछि जलेको नभई जलेर मृत्यु भएको देखिएको महाराजगन्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागले जनाएको छ ।
‘विभिन्न युट्युब र सञ्चारमाध्यममा उनको मृत्यु गोली लागेर भएको, उनलाई पहिले नै मारेर त्यहाँ राखिएको लगायतका अफवाह फैलिएका कारण पोष्टमार्टमको रिपोर्ट प्रतिक्षित थियो ।
जलेको शवको पोस्टमार्टम गर्नु अगाडि एक्स(रे गर्नुपर्ने भएका कारण शव परीक्षण ढिलाई भएको थियो । मंगलबार र बुधवार दोहोर्याएर एक्स(रे गर्दा शरीरमा गोली लागेको नदेखिएको र पोस्टमार्टममा मृत्यु कारण जल्नु नै देखिएको चिकित्सकहरु बताउँछन् ।
सुरेश तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र थिए। उनको शव सोही घरमा डढेको अवस्थामा फेला परेको थियो।
प्रतिक्रिया