लोकतन्त्र खतरामा परे नेताहरुले चिन्ता लिन पर्दैन : गृहमन्त्री लामिछाने

लोकतन्त्र खतरामा परे नेताहरुले चिन्ता लिन पर्दैन : गृहमन्त्री लामिछाने


काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै जोगाउने भन्दै नेताहरुले चिन्ता लिन आवश्यक नरहेको बताए । आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनलेलोकतन्त्रलाई खतरा जनताबाट नभइ नेताहरुबाट नै भएको भन्दै नेताहरुले चिन्ता गर्न आवश्यक नरेको बताए ।

उनले भने,‘ लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, चिन्ता गर्नुपर्दैन । लोकतन्त्रलाई खतरा छ भने हामीबाट मात्रै छ । जनताबाट छैन् । पटक्कै छैन् खतरा परिहाले जनताले नै जोगाउँछन् । एउटा परिस्थिति आयो त्यसले तपाइँहरुको पार्टीलाई जन्मायो । यहाँहरुलाई लाग्यो कि लोकतन्त्रमा खतरा छ ।’

नेताहरूले साँच्चै चिन्ता गर्ने हो भने नेतृत्ववर्गले एक ठाउँमा उभिएर कसरी ठूला ठूला विकासको काम गर्न सकिन्छ त्यतातिर ध्यान दिन आवश्यक रहेको बताए ।