गृहमन्त्री लामिछानेको धेरै सम्पत्ति श्रीमतीको नाममा, रास्वपाका अन्य तीन मन्त्रीको सम्पत्ति कति ?

काठमाडौं । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उनीहरुको विवरणमा छ। सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जनाको पनि विवरण प्रकाशित गरेको हो । सरकारमा रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री छन् भने…