काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उनले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक राख्न जरुरी रहेको भन्दै पार्टीभित्र सहकार्य र सहमतिपछि मात्रै अरु दलसँग…