जेलबाट छुटेपछि रविन्द्र मिश्रले भने, अहिले दैनिक हाजिरी जमानीमा छुटेको हुँ

जेलबाट छुटेपछि रविन्द्र मिश्रले भने, अहिले दैनिक हाजिरी जमानीमा छुटेको हुँ



काठमाडौं । राप्रपाका नेता रविन्द्र मिश्रले जेलबाट छुटेपछि अहिले नै धेरै खुशी हुने अवस्था नभएको बताएका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदन समेत परेको अवस्थामा सरकारले म्याद थप गर्न माग गरेकोमा न्यायाधीशहरुले थप दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने उचित कारण नभएको भन्दै दैनिक हाजिरी जमानीमा छोड्न आदेश दिएका छन् । यसको अर्थ उनी हरेक दिन प्रहरी कार्यालयमा पुगेर हाजिरी गर्नुपर्नेछ । यसैलाई ईंगीत गर्दै मिश्रले आफुलाई ५९ दिन गैरकानूनी हिरासतमा राखिएको बताए । आन्दोलन गरेको तर हिंसाको जिम्मा लिन्नौ भन्ने भनाईलाई सरकारी वकिलहरुले प्रश्न गरेका थिए ।

हिंसात्मक आन्दोलन गर्ने उद्घोष गरेका दुर्गा प्रसाईंलाई साथ दिने र नवीन समझदारी हुनुपर्छ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्साउने कार्यमा समेत मिश्रको योगदान रहँदै आएको सरकारी वकिलहरुले जिकिर गरेका थिए । तर, यसको बचाउमा मिश्रका वकिलहरुले कुनै हातहतियार नचलाएको, शान्तिपूर्ण अभिव्यक्ति मात्र दिएको भन्दै आदेश खारेज गरी थुनामुक्त गर्नुपर्ने बताएका थिए ।

धवल शमशेर छुटेपछि उनलाई चाहीँ किन थुनामा राखिएको भन्ने प्रश्न गरिएको थियो । सरकारी तवरमा भने धवल शमशेरको अर्कै परिस्थिति भएको, स्वास्थ्यका कारण उपचारका लािग छोडिएको भनेपनि मिश्रको हकमा भने यस्तो परिस्थिति बनेको थिएन ।

अदालतमा मिश्रले यस्तो भनेका थिए

श्रीमान् १ म छोटकरीमा केही कुरा राख्न चाहन्छु । यस किसिमको इजलासमा पहिलोचोटि बोलिरहेका हुँदा केही तलमाथि पर्यो भने क्षमा गर्नुहोला । म आज ५० औं दिनमा बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर आएको छु ।
सुरुदेखि प्रहरीलाई सघाउँछु भन्दै आएको छु । तेस्रोपटक म्याद थप हुँदा मैले छानबिन गर्दा जति चाहिन्छ एकैचोटि लिनुस् भनेको थिएँ । त्यसपछि १५ दिन म्याद थप भयो । चैत ३१ र वैशाख २ मा मेरो बयान सकियो । सकिएपछि चौथो बयानमा वैशाख १० गते लिखित आदेश भयो, जुन इजलासमा पेश भइसकेको छ ।

फेरि ४२ औं दिनमा आएर मलाई जबरजस्ती पूर्जि दिइयो आपराधिक उपद्रवको । अनि फेरि ५ दिनको म्याद थपियो । त्यसमा बयान लिइएन । मैले नै बन्दी प्रत्यक्षीकरणको सुनवाइअघि बयान लिइदिनुस् भनेपछि हिजो साँझ बयान लिइयो ।

मलाई पछिल्लो आठौ चरणसम्म म्याद थप हुँदा के अनुभूति भयो भने यो देशमा राजनीतिक हुकुम प्रमाङ्गीबाट सबै भइरहेको छ । राज्यको अधिकार हुने, नागरिक अधिकार नहुने भन्ने अनुभूति भइसकेपछि अन्तिम घडीमा भए पनि बन्दी प्रत्यक्षीकरणमा जाने निर्णय लिएँ । उहाँहरूले ९अनुसन्धान अधिकारी० ले ‘अब त दसै दिन त हो नि के भयो र भन्दाभन्दै मैले एक घन्टा पनि अन्यायपूर्वक ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेँ । ४०र५० दिनसम्म तपाईंहरूलाई सघाएँ, अब सर्वोच्चको ढोका ढक्ढकाउँछु भनेर म यहाँ आइपुगेँ ।

मेरो फोन उहाँहरूसँगै छ । बैंक खाता बन्द गरिएको छ । फेसबुकमा लेखेरै डिटेल मगाउनुभाको छ । अझै हिरासतमा राखेर मेरो छाति चिरेर मुटु हेर्ने रु के हेर्नुहुन्छ रु म भागेर जान्छु रु म आजसम्म नाक ठाडो पारेर हिँडेको मानिस हुँ । यो देशको कानून निगरानीमा नभएर पनि मान्दै आएको नागरिक हुँ । आज पनि म मान्छु । चौथो बहसमा मैले भनेको कुरा यहाँ दोहोर्‍याउन चाहन्छु । श्रीमान्, म आफ्नी ८२ वर्षिया डिमेन्सियाबाट पीडित आमाको नाममा कसम खाएर भन्छु, मैले यो देशमा राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य वा आपराधिक उपद्रवजन्य कुनै काम गरेको छैन । छ भने प्रमाणित गरेर देखाइदिनुस् ।

म कानूनको विद्यार्थी होइन । तर, हरेकपटक बयान दिँदा अनुसन्धान अधिकारीले सबै कुरा झूट बोलिराख्नुभएको छ । सीडीओले कार्यक्रम गर्न स्वीकृति दिएको राष्ट्र, राष्ट्रियता धर्म९संस्कृति अभियानलाई हो, तर उहाँहरू हाम्रो पार्टीले आयोजना गरेको भन्दै हुनुहुन्छ । रवीन्द्र मिश्रले सिरिया, बंगलादेश बनाइदिन्छु भन्यो भन्दै हुनुहुन्छ । कहाँ लेख्या छ मैले त्यस्तो रु मैले यो देश यस्तो बाटोमा गएन भने विफल राष्ट्र हुन सक्छ, ग्रे लिस्टमा पर्न सक्छ भनेको हुँला । यस्तो हुन सक्छ भन्नु र यस्तो बनाइदिन्छु भन्नुमा ठूलो अन्तराल छ श्रीमान् १ त्यति फरक पनि विचार नगरिदिने रु

मलाई हिरासतबाहिर राख्दा अनुसन्धानमा ब्रेक लाग्छ भन्नुभयो । म यहाँबाट छुटेर कसरी अनुसन्धानमा ब्रेक लाग्छ रु ‘निवेदक रवीन्द्र मिश्र’ भन्नुभयो बोल्दाबोल्दै सिनियर अथोरिटीले । म निवेदक हो तीनकुनेको कार्यक्रमको रु म सदस्य सचिव हुँ । सदस्य सचिव भनेको मुलत प्रशासनिक जिम्मेवारी हो । नेतृत्वकर्ता भनेर भनेर कसरी भन्नुभयो रु हरेक कुरामा ढाँटेर बयान दिनुभएको अनुसन्धान अधिकारीले दिलु घलेको केसमा हामीले ढाँटेका छैनौं भन्न मिल्छ श्रीमान् रु

मलाई चित्त दुखेको, पीडित पक्ष भएकाले अलिकति यसरी बोलेँ होला । त्यो दिन पनि नाकै अगाडि अश्रुग्यास खस्यो । मैले जिन्दगीमा त्यति आवेगजन्य कहिल्यै बोलेको छैन । त्यो दिन बोल्दा पनि हिंसाजन्य शब्द कतै छैन । कतै बोलेको भए ल्याएर देखाउनुस् । म आफैँले प्रेसित गरेको हो सामाजिक सञ्जालमा ।

नवराजजीलाई छोडियो, धवलजीलाई छोडियो, अर्को एकजनालाई म्याद थप बहसमै छोडेको छ । मलाई चैँ राखेको राख्यै गर्नुपर्ने रु यो राजनीतिक प्रतिशोध होइन रु जबकि बयान सबै सकिइसक्यो । त्यसैले श्रीमान, राज्यको जति नै अधिकार नागरिकको पनि छ । केही नलागेपछि यो ढोका ढक्ढडकाउन आएको हुँ । मलाई न्याय दिनुस श्रीमान् ।