काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गणतन्त्र बेलारूसका गैरआवासीय राजदूत मिखाइल कास्को, जर्जियाका गैरआवासीय राजदूत बख्ताङ, गणतन्त्र मालीका गैरआवासीय राजदूत ब्रिगेडर जनरल फेलिक्स दिएल्लो, कुवेत अधिराज्यका गैरआवासीय राजदूत मेसल मुस्तफा जे अल्सेमाली र गणतन्त्र…