काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको कार्यवाहकको अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई तोकेकी छिन् । उनले निर्णयको कारण स्वास्थ्य रहेको लेखेकी छिन् ।
अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको उनले बताएकी छिन् । ुयस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९९० बमोजिम, तपाई यस पार्टीको वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छ,ु उनले पत्रमा भनेकी छिन् ।
आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहने उनले बताएकी छिन् ।
शुक्रबार बहुमत केन्द्रीय सदस्यले अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए । शुक्रबार नाउपाका केन्द्रीय कमिटीका १२ जना सदस्यहरूले विधानको दफा ४१ को उपदफा ६ अनुसार पार्टी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएको उल्लेख गरेका थिए । नागरिक उन्मुक्तिमा रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष छिन् भने अन्य २० जना केन्द्रीय सदस्य छन् ।
प्रतिक्रिया