आज पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आज पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलेआज पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । पछिल्लो विकसित घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीको निर्णयका विरुद्ध अदालतमा जाने विषयमा विचार गरिरहेको जानकारी आउनसक्ने बताइएको छ ।

शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो । आफ्नो जिम्मेवारी पूरा गरेर सर्वसाधारण नागरिक सरह भइसकेको अवस्थामा संविधानत रोक लगाउन नमिल्ने तर्क भण्डारीले राख्ने बुझिएको छ । यस्तै भण्डारीले केही समयअघि देखि व्याकअप प्लान रहेको छ भने अनुसार कतैबाट पनि न्याय नपाएको अवस्थामा नयाँ दल खोल्नेसम्मको विकल्पमा छलफल भइरहेको बुझिएको छ । नयाँ आएका शक्तिहरुलाई समेटेर स्वच्छ छविका व्यक्तिहरुसहितको बृहद शक्ति निर्माण गर्नका लागि प्रयासहरु भएका छन् । यस्तो वैकल्पिक शक्तिको संरक्षकको भूमिकामा भण्डारीलाई देख्न पाइने केहीले आंकलन गरेका छन् । यसअघि काठमाडौंका मेयर बालेन साह लगायतसँग पनि भण्डारीको भेट भइसकेको छ ।

संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।