माघ ९ गते भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को ?

कामठाडौँ । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम लागेका…