काठमाडौँ ।
प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सकन प्रर्दशन गरेका छन् । सोमबार संसदीय मर्यादालाई वेवास्ता गर्दै आफूलाई बोल्न नदिएको झोकमा सांसद सिंहले, कपडा खोलेर अर्ध नग्नता प्रर्दशन गरे ।
‘माननीय सदस्य तपाईलाई बोल्न समय दिइएको छैन् । माननीय सदस्य बसौं । माननीय सदस्यहरु बसौं ।’ सभामुख देवराज घिमिरेले आग्रह गर्दै गर्दा कांग्रेसस सांसद अमरेश कुमार सिंह सर्टका टाँक खोल्न व्यस्त थिए ।
उनको यो व्यवहारको अन्य सांसदहरुले समेत उठेर विरोध जनाएका थिए । त्यस लगत्तै, सभामुखले सिंहलाई असभ्य व्यवहार नदेखाउन चेतावनी दिए ।
उनले भने ‘तपाईले जुन व्यवहारहरु देखाइरहनु भएको छ । त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा म तपाईलाई म चेतावनी दिन चाहान्छु ।’ सभामुखको बारम्बारको चेतावनीपछि सिंहले कपडा लगाएका थिए ।
प्रतिक्रिया