काठमाडौँ ।
नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले फिल्म देखाउन प्रधानमन्त्री ‘प्रचण्ड’ लाई चुनौती दिएका छन् ।
सोमवार पार्टी कार्यलयमा युवा संघको कार्यक्रममा उनले भने ‘ उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइ दिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमा हलमा फिल्म कहिले देखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सँधै टेलर मात्र किन सिनेमा चलाउनुस । किन हल रित्तै ? किन ताला लाग्या छ ? सञ्चार माध्यममा फिल्म आइराख्या छ, तपाईं किनचुप ? देखाउनुस त फिल्म ।’
त्यस्तै उनले प्रचण्ड दुनियाँ लट्पटाउन सिपालु रहेको आरोप समेत लगाए ।
उनले भने ‘केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । उहाँहरु अगाडि देखि लागि रहनु भएको छ । प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ प्रचण्डलाई जनताले चिनेकै छैनजस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्रअवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो। उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’
प्रतिक्रिया