नक्कली शरणार्थी प्रकरण राष्ट्रघात र देशद्रोह : एमाले सांसद गैरे

नक्कली शरणार्थी प्रकरण राष्ट्रघात र देशद्रोह : एमाले सांसद गैरे


काठमाडौँ ।

नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर त्यसवापत करोडौं रकम लिने काम हुनु राष्ट्रघात र देशद्रोह भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गैरेले उक्त प्रकरणमा संलग्न भएका सबैलाई कडा कारवाही हुनुपर्ने माग राखेका छन् । उनले भने ‘ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसवापत करोडौं लिने काम भ्रष्टाचार र अपराध हो । अपराध मात्र नभइ यो कार्य राष्ट्रघात र देशद्रोह हो । यस प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नुपर्छ । ’

सांसद गैरेले शरणार्थी प्रकरणमा मुछिएका केही सांसदहरु अझै पनि सदनमा बोलिरहेको उल्लेख गर्दै संसदमार्फत सरकारलाई प्रश्न समेत गरेका छन् ।