कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ८६, विपक्षमा ५

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको छ। उक्त प्रस्तावको विपक्षमा ५ मत परेको छ। संविधानको धारा १६८ को उपधारा ९५० अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा एकजना सांसद…