महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय सदनलाई सम्बोधन गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन्। उनले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरे। यसैबीच अर्थमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय…