काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार मुलतः बैठकमा चार वटा विषयहरूमाथि छलफल हुनेछ। बैठक विहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ।
सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई हिउँदे अधिवेशनको तयारीका विषयमा तीन वटा प्रश्नहरू पठाएका थिए, सांसदहरूले ती प्रश्नको जवाफ समेत फर्काइसकेका छन्। शुक्रबारको बैठकमा ती प्रश्नका जवाफहरूमाथि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए।
उनका अनुसार सभापति लामिछानेले तत्काल बन्नुपर्ने ४० कानूनहरुमध्ये सम्बन्धित समितिमा भइरहेको तयारी र छलफल, त्यसमा पार्टीका एजेण्डा समेटिए-नसमेटिएको अवस्था र आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा प्रश्न सोधेका छन्।
बैठकले आगामी अधिवेशनका लागि सबै खाले तयारी गर्ने उनले बताए।
प्रतिक्रिया