काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ। आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो। उम्मेदवारमध्ये संस्थापन पक्षका ६ जना छन् भने ४ जना संस्थापनइतर पक्षका छन् । कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार भएको छ। पार्टीका पूर्वमहामन्त्री…