विगतको समीकरण फलदायी भएन : नारायणकाजी श्रेष्ठ

विगतको समीकरण फलदायी भएन : नारायणकाजी श्रेष्ठ


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए।

बुधबार गृहमन्त्रालयमा पत्रकारसम्मेलन गर्दै विगतको समीकरणफलदायी नभएको भन्दै नयाँ समीकरणबाट जनताको चहानापूरा गर्नुपर्ने बताए।

उनले भने, ‘नयाँ समीकरणको औचित्य पुष्टि गर्नको लागि सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र बनाइएको थियो। तीव्र र सकारात्मक हस्तक्षेपलाई गुणात्मक तहमा पुर्याउन खोजिएको थियो, त्यो समीकरणबाट गर्न सकिएन। नयाँ समीकरणले त्यो कुरा पुष्टि गर्न सक्नुपर्ने चुनौतिथपिएको छ। नेतृत्वले त्यो दिशातर्फ काम गर्न सक्नुपर्छ।’

यसको साथै उनले राजनीतिको सफाई नेपालको अहिलेको देश फेर्ने अभियानको पूर्वसर्त भएको भन्दै त्यसको सुरुवात हामीले नै गर्नपर्ने बताए। जनतामा निराशाको वातावरण भइरहेको र समाजमा अराजकता फैलिएको भन्दै यसलाई रोक्नको लागि सुशासन नै पहिलो सर्त बनेको पनि उनको भनाई छ।

श्रेष्ठअब परराष्ट्रमन्त्री बन्ने चर्चा छ। पाँचौँपटक मन्त्री बन्न लागेका श्रेष्ठदोस्रोपटक परराष्ट्रमन्त्री बन्न लागेका हुन्। यद्यपी, जिम्मेवारी हेरफेर हुनसक्ने संभावना पनि उत्तिकै छ।

यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए। बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो। माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री थिए।