देउवासँगको भेटपछि नेकपा एसका नेताहरु आलोकनगरमा

देउवासँगको भेटपछि नेकपा एसका नेताहरु आलोकनगरमा


काठमाडौं

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा सुरु भएको छ। नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बोलाइएको बैठकले सरकारमा एस सहभागी हुन्छ कि हुँदैन भन्ने टुंगो लगाउनेछ।

नेपाललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारबाटै निरन्तर अनुरोध गरिरहेका छन्।

त्यस्तै बुधबार बिहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए। पछिल्लो राजनीतिक परिवर्तनका बारेमा छलफल गर्न भन्दै पत्नी आरजु र नेता रमेश लेखकलाई साथै लिएर देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए।

११ बजे बोलाईएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । बैठक बस्नुअघि अध्यक्ष माधव नेपाललले बैठकले कस्तो निर्णय गर्ला भन्ने सञ्चारकर्मीको प्रश्नमा भने,‘बैठकपछि थाहा हुन्छ।’