मुम्बई ।
बलिउडका एक्सन हिरोका रुपमा परिचित अभिनेता टाइगर श्राफका लागि सन् २०२४ निकै फलदायी हुने देखिएका छ । किनकी उनी एकपछि अर्को गर्दै तीन फिल्ममा आफ्नो मनपर्ने एक्सन अवतारमा देखिँदैछन्।
उनी अभिनेता अक्षय कुमारका साथ एक्सनपूर्ण फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा देखिँदैछन् । यसपछि उनी अर्को फिल्म ‘रेम्बो’को तयारीमा जुट्नेछन्। ‘पठान’ र ‘फाइटर’ निर्देशक सिद्धार्थ आनन्दको प्रोडक्सन हाउसमा बन्ने यो फिल्ममा उनी शीर्ष भूमिकामा देखिँदैछन्।
फिल्मका लागि टाइगरले नियमित प्रशिक्षण लिइरहेका छन्। टाइगरका अनुसार फिल्मका लागि उनले धनुष–बाण चलाउन सिकिरहेका छन्।
‘शारीरिक रुपले यो फिल्मका लागि म अहिले जस्तो छ, त्यो भन्दा बढी फिट देखिनुपर्नेछ। यो फिल्मका लागि म धनुष–बाण चलाउन सिकिरहेको छु किनकी यो रेम्बोको प्रतिष्ठित हतियार थियो। म निर्माता र निर्देशक सिद्धार्थ आनन्दका साथ धेरै पढ्ने काम पनि गरिरहेको छु। यो फिल्मका लागि मैले निकै दबाब महशुस गरिरहेको छु’, उनले भनेका छन्।
टाइगर यी दुई फिल्मका अलावा यो वर्ष रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’मा पनि देखिँदैछन्। उनी यो फिल्ममा एसीपी सत्याको भूमिकामा छन्।
प्रतिक्रिया