प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौं जित, कर्णाली प्रदेश ६ विकेटले पराजित

प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौं जित, कर्णाली प्रदेश ६ विकेटले पराजित


काठमाडौं ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले लगातार छैटौं जित निकालेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ६ विकेटको फराकिलो जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले ४२.५ ओभरमा सवै विकेट गुमाएर १७१ रन बनाउन सक्यो। जवाफमा पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो ।पहिला ब्याटिङ गर्दा कर्णालीको सुरुआत भने उत्कृष्ट रहेको थियो। ओपनिङ जोडीले ६३ रनको साझेदारी गर्दै अघि बढाएका थिए।

ओपनिङ आएका कप्तान रविन्द्र शाहीले ४० रनको पारि खेल्दा अर्का ओपनर निश्चल रावल ५० रनको अर्धशतकीय पारि खेल्दै रनआउटको शिकार बने। त्यसपछि अर्जुन घर्तीले २३ रन बनाउँदा दिवान पुनले २० रन जोडे। अरु व्याटर चल्न नसक्दा कर्णाली अन्ततः ४२.५ ओभरमा १७१ रनमा समेटियो।

पुलिसका सागर ढकालले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट हात पारे। यस्तै, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए। १७२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको पुलिसले सजहै जिन निकाल्न सफल भयो। पुलिसका ओपनर दिलिप नाथले नटआउट ७५ रन बनाउँदा कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन जोड्दा आरिफ शेख ९ रनमा आउट भए। अर्जुन साउद २ रनमा नटआउट हरँदा अमित श्रेष्ठले १ रन बनाए।

कर्णालीका प्रकाश जैसीले २ विकेट लिँदा दिवान पुन र दीपेन्द्र रावतले एक एक विकेट लिए। लगातार छैटौं जित निकालेको पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। पराजित भएको कर्णाली प्रदेश भने ७ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा रहेको छ।