झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज, चर्च ब्वाइज र झापा–११ भिड्दै

काठमाडौं । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ। विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएको खेलमा चार पटकको झापा गोल्ड कपको उपाधि विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० विभिन्न टिमले सहभागिता जनाएका…