नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य


काठमाडौँ ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ। हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो।

नेपालका लागि सन्दिप जोराले ५६ रन, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादव १९ रन, गुल्सन झा १५ रनमा नटआउट रहे। कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए। पीएनजीका असद भालाले २ विकेट लिए।

नेपाल आज विजयी भएमा फाइनल पुग्नेछ। पीएनजीसँग भएका पछिल्ला तीन वटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ। पीएनजीले आजै हङकङसँग खेल्नेछ।

फाइनल खेल भोलि हुनेछ।