त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधिका लागि नेपाल र पीएनजी खेल्दै


काठमाडौं ।

हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ। उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) आमने सामने हुन लागेका छन्।

नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मंगलबार नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै पीएनजीले उपाधिका लागि नेपालसँगको भिडन्त पक्का गर्न सफल भयो।

नेपाल र पीएनजीबीचको फाइनल खेल मध्यान्ह पौने १२ बजेदेखि सुरुहुने छ।