सेभेन सिजले किन्यो ‘मनसरा’ को डायस्पोरा अधिकार

सेभेन सिजले किन्यो ‘मनसरा’ को डायस्पोरा अधिकार


काठमाडौं ।

लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । पछिल्ला वर्षमा नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले यो फिल्मको वितरण अधिकार किनेको हो।

सेभेन सिजले फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ। फिल्म निर्माण पक्ष र सेभेन सिजबीच शनिबार यसबारेमा कागजी सम्झौता भएको हो।

सम्झौता पत्रमा ‘मनसरा’बाट निर्देशक उपेन्द्र र निर्माता शैलेन्द्रध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरण सम्बन्धी हस्ताक्षर गरेका छन् । फिल्म २०८१ वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ।

फिल्ममा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानको प्रमुख भूमिकामा अभिनय रहेको छ। फिल्मले विवाहित लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको छ। फिल्ममा विष्णकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता छन्।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन छ। त्यस्तै सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट कम्पनीले गर्नेछ।