नेपाल एलाई आयरल्याण्डद्वारा फिल्डिङको निम्तो

नेपाल एलाई आयरल्याण्डद्वारा फिल्डिङको निम्तो


काठमाडौं ।

अन्तिम एक दिवसीय खेलमा आयरल्याण्ड एले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य गरेको छ। त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर नेपालएलाई फिल्डिङको निम्तो दिएका हुन्।

पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको नेपाल एले यो सिरिज भने गुमाइसकेको छ। नेपालले आजबसिर अहमद, मौसम ढकाल आरिफ शेख, र कमलसिंह ऐरीलाई बेन्चमा राखेर रञ्जित कुमार, रुपेशसिंह, विकाश आग्री र अर्जुन कुमाललाई मौदनमा प्रवेश गराउने भएको छ।

नेपालको प्लेइङ ११ माविनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री छन्।