नेपाली नयाँ वर्षको अवसरमा ब्रिजवेनमा लाहुरेको कन्सर्ट

नेपाली नयाँ वर्षको अवसरमा ब्रिजवेनमा लाहुरेको कन्सर्ट


ब्रिजबेन, अष्ट्रेलिया ।

नेपाली नयाँ वर्षको अवसर पारेर क्वीन्सल्याण्डको ब्रिजवेनमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। सरकार इन्टरटेन्टमेन्टले अप्रिल ८ तारिख ब्रिजवेनको फर्टिट्युड भ्यालीस्थित द टिभोलीमा उक्त कार्यक्रम गर्न लागेको हो। 

न्यु इएर ब्लास्ट–२०८१ नाम दिएको उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित र्यापर लाहुरे, इल्देभ लिम्बु, भियोमालगायतका कलाकारको प्रस्तुति रहने सरकार इन्टरटेन्टमेन्टका निर्देशक नितेश पोखरेलले जानकारी दिए। 

साँझ ६ बजेबाट सुरु हुने सास्कृतिक कार्यक्रमको टिकट शुल्क ५० डलर तोकिएको निर्देशक उनले बताए। टिकट अनलाइन माध्यमबाट समेत खरिद गर्न सकिने उनको भनाई छ। इम्पाएर इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिस टाइटल स्पोन्सर रहेको विशुद्ध मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएर नेपाली नयाँ वर्ष संगसंगै एक-आपसमा खुसी साटासाट गरी मनाउन ब्रिजबेनवासी नेपालीहरुलाई आग्रह गरेका छन्।