माल्दिभ्समा आमनिर्वाचन आज, मइज्जुको ‘इन्डिया आउट’ अभियानको परीक्षा

वैशाख ९, एजेन्सी । माल्दिभ्समा आइतबार आमनिर्वाचन हुँदैछ। ९३ सदस्यीय पिपुल्स मजलिस् अर्थात् संसद्को निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ। यो निर्वाचनलाई राष्ट्रपति मोहममद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाकोरुपमा हेरिएको छ। गतवर्ष राष्ट्रपतिको चुनावताका मुइज्जुले भारत विरोधी अभियान चलाएका थिए। अहिले पनि उनको दल पिपुल्स नेशनल कंग्रेस (पीएनसी)ले यही…