टी–२० विश्वकप : सुपर ओभरमा नामिबिया विजयी

टी–२० विश्वकप : सुपर ओभरमा नामिबिया विजयी


काठमाडौं ।

आईसीसी टी–२० क्रिकेट विश्वकप अन्तर्गत नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ। ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो। तर नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको हो।