काठमाडौं ।
नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ। दिनेश राउत निर्देशित यो फिल्मले कर्णालीका रहनसहन र जीवनशैलीलाई कथावस्तु बनाएको छ। समीक्षात्मक रुपमा पनि यो फिल्म दर्शक र फिल्मकर्मीले मनपराएका थिए।
फिल्ममा जनयुद्धमा वेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ। फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ।
२०१७ देखि सञ्चालनमा आएको भिडियो पसलमा ‘प्रकाश’का अलावा ‘एक भागवत एक गीता’, ‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्म उपलब्ध छन्।
प्रतिक्रिया