युएईलाई हराएर सोझै विश्वकप छनोट खेल्न नेपाललाई मौका, के हो ग्लोबल क्वालिफायर ?

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार नेपाल र युएई खेल्नेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार बिहान ९ः३० बजेबाट सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो । युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने…