काठमाडौँ । भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको ६७ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अनुपम खेरले ट्वीट गर्दै उनको निधनको जानकारी गराएका हुन् । अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ तर, उनको मृत्युको कारण भने खुलाइएको छैन्…