विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिकाअनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले २० जुनमा अमेरिकासँग, २२ जुनमा वेस्ट इन्डिजसँग…