चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव

चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव


एजेन्सी ।

चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ। उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो।

जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन्।

‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन्। प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो। जुन बाकस सिमेन्टले ढाकिएको थियो। बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो।

जेफरसनका पारिवारिक वकिल जाइरो मेगलहासले जेफरसनको दुवै हातलाई शिरको पछाडि बाँधेर ट्रङ्कमा बन्ध गरी घरको पछाडि गाडिएको अवस्थामा भेटिएको बताए । ‘उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशंका छ। उनको पहिचान फिंगरप्रिन्टले गरेका हौं’, वकिलले भनेका छन्। जेफरसनको परिवारले उनको हत्याको पछाडि उनको सफलताको जलन गर्नेले गरेको आरोप लगाएका छन्। ‘निश्चित रुपमा ऊ बेइमान मानिसको क्रूरताको शिकार भएको छ।

यो बारेमा चाँडै नै खुलासा हुनेछ। आरजे टाउसिप प्रहरीले यो मामलामा निकै राम्रो काम गरेको छ’, परिवारले भनेको छ।