काठमाडौं ।
मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार सम्पन्न उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन्।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा सम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन्।
उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिइन्।
ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन्। साथै १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ।
काठमाडौँकी स्थायी बासिन्दा रहेकी मिस नेपाल उपाधि विजेता प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन्।
प्रतिक्रिया